बाढी पुनरुत्थान हटलाइन (Flood Recovery Hotline)
तपाईंले बाढी पुनरुत्थान हटलाइन (फ्लड रिकभरी हटलाइन) मा निम्न सहयोगका लागि 1800 560 760 मा फोन गर्न सक्नुहुन्छ:
- उपलब्ध सफाई सेवाहरू
- बस्ने ठाउँ खोज्न
- आर्थिक, मानसिक स्वास्थ्य र अन्य सहयोग खोज्न
रिकभरी हटलाइन हरेक दिन बिहान 7.30 बजे देखि बेलुका 7.30 बजे सम्म खुला रहन्छ। दोभाषेको लागि 9 थिच्नुहोस्।
सरसफाई कार्यक्रम
सरसफाई कार्यक्रम बाढीबाट प्रभावित सबैका लागि उपलब्ध छ। भवनको बिमा भए पनि नभए पनि फरक पर्दैन।
यस कार्यक्रममा निम्न कुराहरू समावेश छन्:
- प्रभावित घरसम्पत्ति र व्यवसायहरूको लागि निःशुल्क संरचनात्मक मूल्याङ्कन
- सडकको फोहोर हटाउने।
सडकको फोहोर हटाउने
हामी सडको प्राकृतिक पेटीबाट बाढीको फोहोर संकलन गर्न स्थानीय काउन्सिलहरूसँग सहकार्य गरिरहेका छौं। बाढीको फोहोर हटाउनाले फोहोरको सही व्यवस्थापन सुनिश्चित गर्नेछ।
थप जानकारीको लागि तपाईंको स्थानीय मा हेर्नुहोस्।
फाल्ने फोहोरहरूमा निम्न सामाग्रीहरू समावेश छन्:
- कार्पेट, सेता सामानहरू (जस्तै फ्रिज), क्षतिग्रस्त संरचनाहरू र फर्निचर र अन्य घरायसी सामानहरू
- खाना पकाउने उपकरण र व्यापार-सम्बन्धित सामग्री र सामानहरू
- तरल पदार्थ र फोहोर सामाग्री (झोलामा, बाकसमा वा संचित)
- खाद्य र जैविक फोहोर (संचित)।
कृपया सम्भव भएमा यी वस्तुहरू अलग गर्नुहोस्, र तिनीहरूलाई सङ्कलनको लागि तयारी अवस्थामा तपाईंको सडकको प्रकृति पेटी (किनार) मा छोड्नुहोस्।
निम्न सामाग्रीहरू फाल्ने फोहोरहरूमा समावेश हुने छैनन्:
- जनावरको शव
- गाडी, डुङ्गा, काराभ्यान र 2,000 लिटर भन्दा बढी अट्ने वर्षाको पानी ट्याङ्की
- ज्ञात खतरनाक सामग्री
हामी फोहोर उठाउन घरभित्र पस्ने छैनौँ । पर्यावरण संरक्षण एजेन्सी (Environmental Protection Agency ) र ले सबै फोहोर व्यवस्थापनको निरीक्षण गर्नेछ।
अस्थायी आवास
बाढीका कारण आफ्नो घरमा बस्न नसकेका मानिसहरूका लागि अस्थायी आवास उपलब्ध छ।
तपाईंको आवश्यकता अनुसार मेल खाने सबैभन्दा उपयुक्त अस्थायी आवासको ब्यवस्था गर्न फ्लड रिकभरी हटलाइन (Flood Recovery Hotline) लाई1800 560 760 मा फोन गर्नुहोस्।
अस्थायी आवास: रोचेस्टर (Rochester)
रोचेस्टर (Rochester) का स्थानीय बासिन्दाहरूले Elmore घटना केन्द्र (एल्मोर फिल्ड्स डेज साइट) 48 Rosaia Road, Burnewang VIC 3558 मा अस्थायी आवास र सहयोग पहुँच गर्न सक्नुहुन्छ। यो साइटमा बिजुली र ढल निकासको ब्यवस्था छ। दर्ता गर्न आवश्यक छ। हामी रोचेस्टरका अस्थायी आवासको आवश्यकता पर्न सक्ने जो कोहीलाई सर्वप्रथम Rochester Recreation Reserve कोठामा अवस्थित Rochester Community Hub मार्फत आफ्नो रुचि दर्ता गर्न प्रोत्साहन दिन्छौं। थप जानकारीको लागि रोचेस्टर समुदायको लागि राहत अपडेट (Relief update for Rochester community) हेर्नुहोस्।
आपतकालीन आवास: मिक्लेहम (Mickleham)
मिक्लेहममा रहेको सेन्टर फर नेशनल रेजिलेन्स (Centre for National Resilience) ले बाढीका कारण आफ्नो घर फर्कन नसकेका मानिसहरूलाई बस्नको लागि आपतकालीन आवास उपलब्ध गराउँदै छ। यो केन्द्रमा बुक गर्न, फ्लड रिकभरी हटलाइन लाई 1800 560 760 मा फोन गर्नुहोस् वा आफ्नो स्थानीय आपतकालीन राहत केन्द्रमा जानुहोस्। सेन्टर फर नेशनल रेजिलेन्समा तपाईं सिधै जान सक्नु हुने छैन।
यो केन्द्र उपयुक्त नभएका मानिसहरूका लागि होटल, कारभान पार्क र सेवायुक्त अपार्टमेन्टहरू सहित अन्य आवासहरू उपलब्ध छन्। तपाईंले फ्लड रिकभरी हटलाइनमा सम्पर्क गर्दाको तपाईंको आवश्यकतासँग मेल खाने सबैभन्दा उपयुक्त अस्थायी आवास मिलाइनेछ।
थप जानकारीको लागि Mickleham को Centre of National Resilience हेर्नुहोस्।
अस्थायी आवास: ग्रेटर शेपार्टन (Greater Shepparton)
2022 को भिक्टोरियाको बाढीबाट उल्लेखनीय रूपमा प्रभावित ग्रेटर शेपार्टनका बासिन्दाहरूका लागि तत्काल र छोटो अवधिको आवास सहायता उपलब्ध छ। सोधपुछ गर्नुहोस् र 132 Welsford Street, Shepparton मा रहेको Community Recovery Hub मा आफ्नो रुचि दर्ता गर्नुहोस्। थप जानकारीको लागि ग्रेटर शेपार्टनमा अस्थायी आवास हेर्नुहोस्।
सहयोग प्राप्त गर्नुहोस्
वित्तीय सहायता
2022 को भिक्टोरियाको बाढीबाट प्रभावित मानिसहरू र व्यवसायहरूको लागि भुक्तानी, अनुदान र आर्थिक सहायता।
जनसमुदायको लागि
आपतकालीन राहत भुक्तानी (Emergency Relief Payment)
यो भुक्तानी खाद्यान्न, बास, लत्ताकपडा, औषधि र आवास लगायतका तत्काल राहतको लागि हो।
यहाँ आवेदन दिनुहोस्: आपतकालीन राहत सहायता भुक्तानी - अनलाइन आवेदन । वा 1800 560 760 मा फोन गर्नुहोस् र दोभाषेको लागि 9 थिच्नुहोस्।
पुन: स्थापना सहायता (Re-establishment assistance)
यदि तपाईंको घर क्षतिग्रस्त भएको छ, भत्किएको छ वा बाढीको कारणले 7 दिन भन्दा बढी आफ्नो घर प्रवेश गर्न सक्नुहुन्न भने, पुन: स्थापना (Re-establishment assistance) सहायता उपलब्ध छ।
फ्लड रिकभरी हटलाइनलाई 1800 560 760 (दोभाषेको लागि 9 थिच्नुहोस्) मा फोन गरेर आवेदन दिनुहोस्।
अष्ट्रेलिया सरकारको विपत्ति पुनरुत्थान भत्ता (Australian Government Disaster Recovery Allowance)
यदि तपाईंले प्रत्यक्ष बाढीको कारण आम्दानी गुमाउनुभएको छ भने निरन्तर भुक्तानी उपलब्ध छ।
यहाँ आवेदन दिनुहोस्: Victorian Floods, October 2022 – Disaster Recovery
अष्ट्रेलिया सरकारको विपत्ति पुनरुत्थान भुक्तानी (Australian Government Disaster Recovery Payment)
भिक्टोरियाको बाढीबाट गम्भीर रूपमा प्रभावित मानिसहरूलाई सहयोग गर्न भुक्तानी उपलब्ध छ।
यहाँ आवेदन दिनुहोस्: Victorian Floods, October 2022 – Australian Government Disaster Recovery वा 1800 560 760 मा फोन गर्नुहोस् र दोभाषेको लागि 9 थिच्नुहोस्।
विद्यार्थीहरूको लागि
भिक्टोरियाका स्कूलका विद्यार्थीहरूका परिवारहरू वा भिक्टोरियाको बाढीबाट प्रभावित आफ्ना परिवारहरूबाट टाढा बसिरहेका स्कूलका विद्यार्थीहरूले सहयोगको लागि अनुरोध दर्ता गर्न सक्छन्। सहयोगमा विद्यालयसँग सम्बन्धित आवश्यक सामाग्रीहरू (जस्तै पोशाक, ल्यापटप, इन्टरनेट डङ्गल र स्टेशनरी) प्रतिस्थापन समावेश हुनेछन् जुन बाढीमा हराएको वा क्षतिग्रस्त भएको थियो।
दर्ता गर्न, भिक्टोरियाका स्कूलका विद्यार्थीहरूको लागि बाढी सहायता आवेदन मा जानुहोस् वा 1800 560 760 मा फोन गर्नुहोस् र दोभाषेको लागि 9 थिच्नुहोस्।
किसान तथा कृषि उत्पादकहरूको लागि
कृषि उत्पादक बाढी पुनरुत्थानले बाढीको प्रत्यक्ष कारण प्रत्यक्ष नोक्सान वा क्षति बेहोरेका कृषि उत्पादकहरूको लागि सफाई र रिकभरी लागतहरूको लागि सहयोग गर्दछ।
थप जानकारीको लागि भिक्टोरियन प्राइमरी प्रोड्युसर फ्लड रिकभरी हेर्नुहोस् वा 1800 560 760 मा फोन गर्नुहोस् र दोभाषेको लागि 9 थिच्नुहोस्।
व्यवसाय र सामुदायिक खेलकुदको लागि
साना व्यवसाय अनुदान
व्यवसाय र सामुदायिक खेलकूद बाढी पुनरुत्थान अनुदानले योग्य संस्थाहरूलाई घरसम्पत्ति, सम्पत्ति वा उपकरणमा भएको क्षतिबाट उत्पन्न हुने खर्चहरू व्यहोर्न मद्दत गर्दछ। थप जानकारीको लागि व्यवसाय र सामुदायिक खेलकुद बाढी पुनरुत्थान हेर्नुहोस्।
थप जानकारीको लागि हाम्रो आर्थिक सहयोग ्ठ हेर्नुहोस्।
कल्याण सहयोग
आपतकालिन घटना पछि नकारात्मक प्रतिक्रिया भोग्नु सामान्य हो। तपाईं र तपाईंको परिवारको लागि मद्दत उपलब्ध छ।
यहाँ केहि कल्याण सहयोगी सेवाहरू उपलब्ध छन् जुन तपाईंले पहुँच गर्न सक्नुहुन्छ:
- संकट सहयोगको लागि लाइफलाइन हेर्नुहोस् - वा 13 11 14 मा फोन गर्नुहोस्- फोन, सन्देश वा अनलाइन च्याट मार्फत 24/7 उपलब्ध छ
- पारेन्ट लाइन हेर्नुहोस् वा 13 22 89 मा फोन गर्नुहोस्- आमाबाबु र हेरचाहकर्ताहरूको लागि सहयोग
- किड्स हेल्पलाइन (Kids हेर्नुहोस् वा 1800 55 1800 मा मा फोन गर्नुहोस्- बालबालिका, किशोर र युवा वयस्कहरूको लागि सहयोग
- नर्स-अन-कल (NURSE-ON-CALL) लाई 1300 60 60 24 मा पहुँच गर्नुहोस् - विशेषज्ञ स्वास्थ्य जानकारी र सल्लाहको लागि
- अष्ट्रेलियन साइकोलोजिकल सोसाइटी रेफरल सर्भिसेज (Australian Psychological Society Referral Service) लाई 1800 333 497 मा फोन गर्नुहोस्
- सेफ स्टेपस् (Safe हेर्नुहोस् वा 1800 015 188 मा फोन गर्नुहोस्- पारिवारिक हिंसा विशेषज्ञहरूबाट 24/7 मद्दत प्राप्त गर्न
- अरेन्ज डोर (Orange हेर्नुहोस्- पारिवारिक हिंसाको अनुभव गरिरहेका वयस्कहरू, बालबालिका र युवाहरूका लागि सहयोग सेवाहरू
- मानसिक स्वास्थ्य र कल्याण केन्द्र (Mental Health & Wellbeing मा जानुहोस् - वा 1300 375 330 मा फोन गर्नुहोस् - मानसिक स्वास्थ्यको चिन्ता महसुस गर्ने वा सहयोग चाहिने जो कोहीको लागि व्यक्तिगत वा टेलिहेल्थ अपोइन्टमेन्ट बुक गर्नुहोस्।
थप सहयोगको लागि मानसिक स्वास्थ्य र कल्याण समर्थन (Mental health and wellbeing हेर्नुहोस्।
यदि तपाईंलाई दोभाषे चाहिन्छ भने TIS National (अनुवाद र दोभाषे सेवा) लाई 131 450 मा फोन गर्नुहोस्।
अन्य सहयोगहरू
तपाईंले देहाएका लिङ्कहरू मार्फत अंग्रेजीमा थप सहयोग स्रोतहरू पहुँच गर्न सक्नुहुन्छ:
- बाढी पछि सुरक्षित रूपमा एस्बेस्टोस फोहोर – यदि तपाईं बाढी पछि आफ्नो घर सफा गर्दै हुनुहुन्छ भने एस्बेस्टोसबाट सावधान रहनुहोस्। एस्बेस्टोस हुन सक्ने कुनै पनि सामग्री चलाउने प्रयास नगर्नुहोस्।
- एस्बेस्टोस युक्त सामग्रीको
- बाढी पसेपछि सकुशल घर
- पशु र कीटणु सम्बन्धित
- मोल्ड (कालो ढुसी) र तपाईंको स्वास्थ्य बारे
- अनुदान, सल्लाह र व्यवसायहरूको लागि उपलब्ध
- कृषि व्यवसायहरूको लागि सहयोग
- बाढी सम्बन्धी मुद्दाहरूको लागि वकिल खोज्न
स्वयंसेवक बन्नुहोस् र दान दिनुहोस्
स्वयंसेवक सेवा दिनुहोस्
अष्ट्रेलिया रक्षा बल (Australian Defence Force) र विपत्ति राहत अष्ट्रेलिया (Disaster Relief Australia) ले बाढी पुनरुत्थानमा पनि सहयोग गरिरहेका छन् ।
यदि तपाईं स्थानीय समुदायलाई मद्दत गर्न स्वयसेवक सेवा दिन चाहनुहुन्छ भने कृपया विपत्ति राहत अष्ट्रेलिया (Disaster Relief Australia) को मार्फत दर्ता गर्नुहोस्।
दानहरू
यदि तपाईं बाढी प्रभावितहरूलाई सहयोग गर्न चाहनुहुन्छ भने तपाईंले गैर-नाफा दान सेवा मार्फत दान गर्न सक्नुहुन्छ।
Reviewed 01 December 2022