किन्डरले कसरी काम गर्छ? (How kinder works) - नेपाली (Nepali)

किन्डर, जसलाई 'किन्डरगार्टेन' वा 'प्रारम्भिक बाल्यकाल शिक्षा' पनि भनिन्छ, यो तपाईंको बच्चाको विकास र सिकाइको महत्त्वपूर्ण भाग हो। तपाईंको बच्चालाई दुई वर्षको लागि किन्डर कार्यक्रममा भर्ना गर्दा उनीहरूले जीवन र विद्यालयमा राम्रो गर्नका लागि उनीहरूको सीप विकास गर्न मद्दत गर्न सक्छ।

किन्डरगार्टनको समय:

2023 मा, तीन-वर्षे किन्डर कार्यक्रमहरू प्रत्येक हप्ता 5 देखि 15 घण्टा र चार-वर्षे किन्डर कार्यक्रमहरू 15 घण्टाका लागि सञ्चालन हुन्छ।

प्रमाणित परिणामहरू:

किन्डर कार्यक्रममा जाने बालबालिकाहरूले संख्या र अक्षरहरू कसरी गन्ने र पहिचान गर्ने र समस्याहरू कसरी समाधान गर्नेजस्ता सीपहरू विकास गर्न थाल्छन्। तपाईंको बच्चाले किन्डरमा आफ्नो आत्मविश्वास र आत्मनिर्भरता निर्माण गर्नेछ र सामाजिक तथा भावनात्मक सीपहरू सिक्नेछ। तिनीहरू आफूलाई सामाजीकरण गर्नेछन् र नयाँ साथीहरू बनाउनेछन् ।

अनुसन्धानले देखाउँछ कि 16 वर्षको उमेरमा, स्कूल सुरु गर्नुअघि दुई वा तीन वर्षे किन्डर कार्यक्रममा भाग लिएका विद्यार्थीहरूले अंग्रेजी र गणितमा त्यस्ता कार्यक्रममा भाग नलिनेको तुलनामा उच्च अंक प्राप्त गरे।

आमाबाबु र किन्डर शिक्षकहरूले कसरी सहकार्य गर्छन्?

किन्डरले आमाबाबु/हेरचाहकर्ता, परिवार र शिक्षकहरूबीच साझेदारीको रूपमा राम्रो काम गर्दछ। अभिभावक/हेरचाहकर्ताको रूपमा, तपाईं आफ्नो बच्चाको विकासको सबैभन्दा महत्त्वपूर्ण भाग हुनुहुन्छ। तपाईंले तिनीहरूलाई सही र गलतको फरक, तपाईंको भाषा, संस्कृति र मूल्यमान्यता तथा आदरजस्ता मूल्यहरू सिकाउनुहुन्छ। किन्डरमा के भइरहेको छ र तपाईंको बच्चालाई घरमा सिकाइ जारी राख्न मद्दत गर्ने तरिकाबारे शिक्षकहरूले तपाईंसँग कुरा गर्नेछन्। तिनीहरूले तपाईंको बच्चाको रुचि र तिनीहरू कसरी सिक्न मन पराउँछन् भन्नेबारे जान्न चाहन्छन्।

तपाईंले आफ्नो किन्डर शिक्षकलाई कुनै पनि समयमा दोभाषेको व्यवस्था गर्न भन्न सक्नुहुन्छ। यो स्थलगत वा टेलिफोन वा भिडियोमार्फत हुन सक्छ। यो सेवा पहुँच गर्न परिवारहरूको लागि कुनै लागत समावेश छैन ।

किन्डरमा के हुन्छः

शिक्षकहरूले बच्चाहरूलाई खेलेर सिक्न प्रोत्साहित गर्छन्। चित्र, गायन, आरोहण, खन्ने र बाहिर दौडने, खेलौनाहरूसँग खेल्ने र किताबहरू पढ्नेलगायतका गतिविधिहरू समावेश हुन सक्छ। खेलले बालबालिकाहरूलाई अरूसँग साझेदारी गरेर र पालो लिई समन्वय गर्दै उनीहरूको कल्पनाशक्ति प्रयोग गर्न र अन्वेषण गर्न प्रोत्साहन दिन्छ। बच्चाहरूले अङ्ग्रेजी कसरी बोल्ने र बुझ्नेलगायत ध्वनि, शब्द र भाषाको बारेमा सिक्नेछन्।

किन्डरहरु हाम्रो बहुसांस्कृतिक समुदायका अंश हुन्?

किन्डर कार्यक्रमहरूले सबै पृष्ठभूमिका अभिभावकहरूलाई उनीहरूको समुदायको हिस्सा बन्न आमन्त्रण गर्दछन्। तिनीहरू त्यस्ता ठाउँ हुन् जहाँ आमाबाबुलहरू भेट्ने र आफ्ना कथाहरू बाँडेर एकअर्काबाट सिक्न सक्छन्।

शिक्षकहरूले तपाईंको बच्चा र तपाईंको संस्कृतिको बारेमा जान्न चाहन्छन्। यसले उनीहरूलाई सांस्कृतिक दिनहरू र कार्यक्रमहरूमा आधारित गतिविधिहरू र भिक्टोरियामा विविधतालाई मनाउनेलगायत तपाईंको बच्चाको लागि अर्थपूर्ण कार्यक्रमहरू तयार गर्न मद्दत गर्दछ।

शिक्षकहरूले गतिविधिहरूमा सबैलाई समावेश गर्दछन्, जसले गर्दा अँग्रेजी नबोल्ने बच्चाहरूलाई अरूले जस्तै खेल्ने र सिक्ने अवसरहरू प्राप्त हुन्छ। केही किन्डर कार्यक्रमहरूमा द्विभाषी शिक्षकहरू हुन्छन् जसले अँग्रेजी थोरै बोल्ने वा बोल्दै नबोल्ने बालबालिकाहरूलाई मद्दत गर्छन्। बालबालिकाहरूलाई अरूसँग मिल्न र स्वीकार गर्न तथा सांस्कृतिक भिन्नताहरूलाई सम्मान गर्न पनि सिकाइन्छ।

किन्डरगार्टेन कार्यक्रमका प्रकारहरू

बच्चाहरूले या त लामो दिनको हेरचाह (जसलाई बाल हेरचाह पनि भनिन्छ) केन्द्रमा वा स्ट्यान्डअलोन (जसलाई सेसनल पनि भनिन्छ) किन्डर सेवामा तीन वर्षे किन्डर कार्यक्रममा भाग लिन सक्छन्। यी सेवाहरूले सामान्यतया चार-वर्षे किन्डर कार्यक्रम पनि प्रदान गर्छन्।

लामो दिनको हेरचाह केन्द्रले एक किन्डर कार्यक्रमसहित पूरा दिन शिक्षा र हेरचाह प्रदान गर्न सक्छ। शिक्षकको नेतृत्वमा किन्डर कार्यक्रमलाई शिक्षा र हेरचाहको अतिरिक्त घण्टासँग एकीकृत गर्न सकिन्छ।

स्ट्यान्डअलोन सेवामा, किन्डर कार्यक्रम निश्चित दिन र निश्चित समयमा मात्र सञ्चालन हुनेछ। एक स्ट्यान्डअलोन सेवा सामान्यतया स्कूलको अवधिमा 40 हप्ताको लागि सञ्चालन हुन्छ र विद्यालयको जस्तै सोही समयमा बिदा लिन्छ। यी दिन र समय किन्डर सेवा केन्द्रद्वारा निर्धारित गरिन्छ।

Updated