भिक्टोरियाको बिरामी भत्ता ग्यारेन्टी (Victorian Sick Pay Guarantee) ले आकस्मिक (क्याजुअल) र स्वरोजगारी कामदारहरूलाई उनीहरू बिरामी हुँदा वा उनीहरूका प्रियजनहरूको हेरचाह गर्नको लागि वर्षमा ३८ घण्टा बिरामी तथा हेरचाहकर्ता भत्ता दिन्छ। किनभने कुनै पनि कामदारले एक दिनको तलब कमाउन जाने कि आफ्नो स्वास्थ्य हेर्ने भनेर रोज्नु पर्ने अवस्था हुनुहुँदैन।
केही तोकिएका जागिरका कामदारहरूका लागि यो परीक्षण कार्यक्रम पूर्ण रूपमा भिक्टोरिया सरकारद्वारा २०२४ को सुरु सम्म अनिदानित हुनेछ। बिरामी भत्ता ग्यारेन्टी प्रति घण्टा $२१.३८ (१ जुलाई २०२२ देखि) को राष्ट्रिय न्यूनतम तलबको आधारमा भुक्तान गरिनेछ।
परीक्षण कार्यक्रममा समावेश जागिरहरू
पेशा | कामको प्रकार |
---|---|
आतिथ्य (हस्पिटालिटी) कामदारहरू | होटल, बार, क्याफे, रेष्टुरेन्ट, क्यासिनो र यस्ता व्यवसायहरूका ग्राहकहरूलाई सेवाहरू प्रदान गर्ने। |
खाद्यान्न तयारीकर्ताहरू (Food preparation assistants) | फास्ट फूड व्यवसायहरूमा खाना तयार गर्ने, खाद्यान्न व्यवसायका कर्मचारीहरू तथा सेवा कर्मचारीहरूलाई खाना तयार गर्न र सेवा गर्न, खाना तयार गर्ने र सेवा क्षेत्रहरू सफा गर्न सहयोग गर्ने। |
खाद्यान्न व्यवसायका कर्मचारीहरू | रोटी र पेस्ट्री खाना पकाउने; बिक्रीको लागि मासु तयार गर्ने; भोजन र केटरिंग व्यवसायहरूको लागि योजना बनाउने, आयोजना गर्ने, खाना पकाउन तयारी गर्ने र खाना पकाउने। |
बिक्रेता कामदारहरू (Sales support workers) | खुद्रा विक्रेता, थोक बिक्रेता र बिक्रेता कामदारहरूलाई 'क्यास रजिष्टर' चलाउन, मोडलिङ, प्रदर्शन, छनोट, खरिद, प्रवर्द्धन र सामानहरू प्रदर्शन गर्न सहयोग गर्ने। |
बिक्रीकर्ता (Sales assistants) | खुद्रा र थोक व्यवसायहरूको तर्फबाट जनसमुदायलाई सीधै सामान र सेवाहरू बिक्री गर्ने। |
सुपरमार्केट आपूर्ति प्रणालीहरूमा काम गर्ने अन्य कामदारहरू | पसल र सुपरमार्केटहरूमा सेल्फहरू र प्रदर्शन क्षेत्रहरू सामान भर्ने कामदारहरू सहित; ट्रक र कन्टेनरहरू लोड र अनलोड गर्ने; र सामान र माल ढुवानी सम्हाल्ने। |
वृद्ध र अपांग हेरचाहकर्ताहरू | वृद्ध र अशक्त (अपांग) व्यक्तिहरूलाई उनीहरूकै घरमा सामान्य घरायसी सहायता, भावनात्मक सहयोग, हेरचाह र भाईचारा प्रदान गर्ने। 'घर' अन्तर्गत आवास जनाउँछ जस्तै आवासीय वृद्ध हेरचाह, समर्थित स्वतन्त्र जीवन जीउने घर र एक व्यक्ति बस्ने विशेषज्ञ असक्षमता आवास। यसले परिवार र साथीहरूले गरेको भुक्तान नगरिएको हेरचाहकर्ता समर्थन समावेश हुँर्दैन। |
सफा गर्ने र लुगा धुने कामदारहरू | सवारी साधन, व्यावसायिक, औद्योगिक र घरेलु परिसर, निर्माण स्थल र औद्योगिक मेसिन, तथा लुगाफाटा र अन्य वस्तुहरू लुगा धुने 'लौन्ड्री' र 'ड्राई-क्लिनिंग' व्यवसायहरूमा सफा गर्ने। |
सुरक्षा अधिकारी र गार्डहरू | सशस्त्र गाडीका पहरेदार तथा निजी छानविनकर्ता बाहेक संस्थाहरू र व्यक्तिहरूलाई सुरक्षा र छानविन सेवाहरू प्रदान गर्ने। |
योग्य कामहरूको पूर्ण सूची हेर्नुहोस्
के म योग्य छु?
बिरामी भत्ता ग्यारेन्टी (Victorian Sick Pay Guarantee) को लागि योग्य हुन:
- तपाईंको अष्ट्रेलियामा काम गर्ने अधिकार हुनुपर्छ
- तपाईं 15 वर्ष वा सोभन्दा माथिको हुनुपर्छ
- तपाईंले प्रति हप्ता 7.6 घण्टा वा बढी काम गरेको हुनुपर्छ
- तपाईंको कुनै पनि काममा तलबी बार्षिक बिदा, व्यक्तिगत, बिरामी वा हेरचाहकर्ताको बिदा पाउँदैन
- तपाईं भिक्टोरियामा काम गर्नु हुन्छ
- तपाईं माथि सूचीबद्ध पेशाहरू मध्येमा काम गर्नुहुन्छ।
अस्थायी बासिन्दा, स्थायी बासिन्दा, भिसा धारकहरू र न्यूजील्याण्डका मानिसहरू ले परीक्षण कार्यक्रम भाग लिन सक्छ यदि उनीहरूले अष्ट्रेलियामा काम गर्ने अधिकार सहित योग्यता मापदण्डहरू पूरा गरेका छन् भने।
अहिले दर्ता गर्नुहोस्
तपाईं बिरामी भत्ता ग्यारेन्टीको लागि दर्ता गर्न सक्नुहुन्छ सेवा भिक्टोरिया ।
तपाईंले बिरामी वा हेरचाहकर्ताको तलब दाबी गर्न सक्नु अघि दर्ता गर्नु पर्छ र स्वीकृत हुनुपर्छ।
अनलाइन आवेदनको समयमा हामी तपाईंलाई निम्न कुराहरू माग्नेछौं :
- दुई वटा परिचयपत्रका कागजात
- काम कागजातको प्रमाण
- आफ्नो बैंक विवरण।
यदि तपाईंसँग दुई प्रकार परिचयपत्रहरू छैनन् र तपाईं अष्ट्रेलियाको नागरिक वा स्थायी बासिन्दा हुनुहुन्न भने, एक प्रकारको परिचयपत्र प्रदान गर्नुहोस्। दोस्रो "तपाईँको आईडी स्क्रिन छान्नुहोस् (Choose your ID screen)" मा तपाइँ "मसँग यो छैन" चयन गर्न सक्नुहुन्छ।
परिचयपत्र र काम कागजात को को बारेमा थप जान्नुहोस्
हामीलाई सम्पर्क गर्नुहोस्
भिक्टोरियाको बिरामी भत्ता ग्यारेन्टी (Victorian Sick Pay Guarantee)
इमेल: sickpayguarantee@ecodev.vic.gov.au
अनुवाद र दोभाषे सेवा : 131 450 मा फोन गर्नुहोस् र भिक्टोरियाको बिरामी भत्ता ग्यारेन्टी (Victorian Sick Pay Guarantee) मा सम्पर्क गराईदिन आग्रह गर्नुहोस्।
Reviewed 18 October 2022