Victoria government logo

तपाईंको किन्डर जाने बच्चाको सामान सहितको झोला (किन्डर किट) को बारेमा

बच्चाहरूको लागि, खेल र सिकाइ सँगसँगै जान्छ। खेल्नु भनेको बच्चाहरूले कसरी आफू र आफ्नोवरपरको संसार पत्ता लगाउने र सिक्ने भन्ने हो। आमाबाबु र परिवारहरू त्यो यात्राको ठूलो हिस्सा हुन्। तपाईंको बच्चाको सामान सहितको झोला (किन्डर किट)मा भएका सबै सामान परिवारको रूपमा बाँड्न र रमाइलो गर्न तयार गरिएको हो।

किन्डरगार्टेनमा, भिक्टोरियको प्राथमिक उमेरमा सिकाइ तथा विकास ढाँचा (Early Years Learning and Development Framework) (VEYLDF) को प्रयोग सिकाइमा अनुभव सिर्जना गर्नका लागि गरिन्छ जसले तपाईंको बच्चालाई पाँचवटा सिकाइ र विकासका प्रतिफलहरुहरूमा बढ्न र फस्टाउन मद्दत गर्दछ। यी पाँच प्रतिफलहरु निम्न हुन्:

  • परिचय
  • समुदाय
  • कल्याण
  • सिकाइ
  • सञ्चार

कथा सुनाउने घन (क्यूब्स)

केटाकेटीहरूले आफ्ना दैनिक अनुभवहरूलाई कसरी बुझ्छन् भन्ने कुराको एउटा महत्त्वपूर्ण भाग कथावाचन हो। यसले साक्षरता विकासलाई सहायता गर्दछ र उनीहरूलाई आफ्नोवरपरका मानिसहरूसँग कसरी सञ्चार गर्ने भनेर बुझ्न मद्दत गर्दछ।

तपाईंले आफ्नो बच्चालाई अङ्ग्रेजी वा अन्य भाषाहरूमा यि क्यूब्समार्फत नयाँ शब्दहरू सिक्न मद्दत गर्न सक्नुहुन्छ।

  • पालैपालो गर्नुहोस्, चित्रहरूको नाम भन्नुहोस्
  • उनीहरूसँगै बस्तुहरू बनाउनुहोस्
  • कथाहरू सुनाउनुहोस्
  • प्रश्न सोध्नुहोस्

क्रेयोन्स (रंगिन कलम) र आर्ट प्याड

क्रेयोन्स प्रयोग गरेर चित्र कोराइ गर्नाले सिक्नलाई धेरै तरिकाहरू प्रदान गर्दछ:

  • पेन्सिल पक्डिने जस्तो मसिनो सिप सुधार गर्ने
  • हात रआँखाको समन्वय
  • रंग र आकारबारे सिक्ने
  • कागज र अन्य सामग्रीले रचनात्मकता व्यक्त गर्ने।

सबैभन्दा महत्त्वपूर्ण कुरा, तपाईंको बच्चाले आफूलाई सुरक्षित र आत्मविश्वस्तरूपमा व्यक्त गर्न सिक्नेछ। केही बच्चाहरूले तपाईंले चिन्न नसक्ने चिन्हहरू बनाउन सक्छन् तै पनि यो ठीक छ। यो नक्सा बनाउन सिक्ने प्राकृतिक प्रक्रिया हो।

  • विचार ल्याउनका लागि आर्ट प्याड प्रयोग गर्नुहोस्
  • पारिवारिक चित्रकला अनुभवहरूलाई प्रोत्साहन दिनुहोस्
  • कूरा गर्दै नक्सा बनाउनुहोस्
  • रङ र आकारहरूको नाम भन्ने गर्नुहोस्

बियाँ

बच्चाहरुसंग बीउ रोपण गर्दा एक समृद्ध, विज्ञानमा आधारित सिकाइको अनुभव हुन्छ जसले उनीहरूलाई प्राकृतिक संसारको चमत्कारहरू देख्ने मौका दिन्छ। उनीहरूले प्रकृतिको बारेमा सिक्नेछन्, भाषा निर्माण गर्नेछन् र सरल निर्देशनहरू पालना गर्न सिक्नेछन्। उनीहरूले समयसँगै चीजहरू कसरी अवलोकन गर्ने भनेर पनि सिक्नेछन्।

  • बिरुवाहरूको बारेमा कुरा गर्नुहोस् र तिनीहरूका भागहरूको नाम भन्दिनुहोस्
  • तिनीहरूलाई सँगै रोप्नुहोस्
  • हरेक बिहान कति बढेछ त्यो नाप्नुहोस्
  • बजारमा फलफूल र तरकारीको नाम भन्दिनुहोस्

गेडा उनेर बनाएका जनावरहरू (threading Animals )

प्रारम्भिक बाल्यकाल भनेको त्यो बेला हो जब बच्चाहरूले हात, औंला, नाडी, खुट्टा र तिनका औंलाका ती साना मांसपेशिहरुमाथि अझ नियन्त्रण प्राप्त गर्न थाल्छन्। हात र औंलाहरूका मांसपेशीहरुको मसीनो कामको सिप विकास गर्नाले बच्चाहरुको आत्म-हेरचाहको लागि र पछि लेख्नको लागि महत्वपूर्ण हुन्छ। तपाईंको बच्चाले प्लेडो, क्रेयोन्स वा थ्रेडिङ जनावरहरूको प्रयोग गरेर मसीनो कामको सिप विकास गर्न सक्छ। यहाँ केही तरिकाहरू छन् जसबाट तपाईंले मसीनो कामको सिपको अभ्यास गर्न सक्नुहुन्छ:

  • जनावरको प्वालहरूमार्फत तुना छिराउनुहोस्
  • किन्डर किट खोल्ने र बन्द गर्ने
  • जिप वा टाँकहरू लगाउने अभ्यास गर्नुहोस्
  • हात र औँलाहरूले प्लेडो पेल्ने

प्लेडो

जब तपाईंको बच्चाले प्लेडोलाई सिर्जना गर्न प्रयोग गरिरहेको हुन्छ, उनीहरूले धेरै महत्त्वपूर्ण चीजहरू गरिरहेका हुन्छन्:

  • मसीनो काम गर्ने सिप सुधार गर्दै
  • अन्वेषण गर्न आफ्नो इन्द्रियको प्रयोग गर्दै
  • आफ्नो कल्पना प्रयोग गर्दै।

प्लेडोले केही बनाउनु भनेको तपाईंको बच्चाको सिक्ने महत्त्वपूर्ण भाग हो।

  • एउटा बल घुमाउनुहोस्,त्यसलाई ठोक्नुहोस्,त्यसलाई बारम्बार हान्नुहोस्, त्यसको चुइँकचुइँक आवाज निकाल्नुहोस्
  • त्यसको बारेमा कुरा गर्नुहोस्
  • अन्य वस्तुहरू थप्नुहोस् जस्तै लाठी वा प्वाँख वा खबटाहरु
  • तपाईंले जी भेट्नुहुन्छ त्यसको आकारहरू बनाउनुहोस्

बाल पुस्तकहरू

परिवारसँगै बसेर पुस्तकहरू पढ्नु भनेको राम्ररी समय बिताउने र सम्बन्ध बनाउने उत्कृष्ट तरिका हो। यो साक्षरता विकासलाई सहायता गर्ने सबैभन्दा महत्त्वपूर्ण तरिकाहरूमध्ये एक हो। तपाईंको बच्चासँग कथा-समयलाई नियमित बनाउनाले उनीहरूको कल्पनाशक्ति र शब्दावलीमा सुधार हुनेछ।

  • सँगै पुस्तक छान्नुहोस्
  • बस्न र पढ्नको लागि एक आरामदायी ठाउँ खोज्नुहोस्
  • उनीहरूलाई पृष्ठहरू पल्टाउन दिनुहोस्
  • पात्रहरूको लागि विभिन्न आवाजहरू प्रयोग गर्नुहोस्, चित्रहरूको बारेमा कुरा गर्नुहोस्

संगीत निर्माताहरू

बालबालिकाको सिकाइ र विकासका लागि संगीतले धेरै फाइदा गर्छ। संगीत सिर्जना गर्नु तपाईंको बच्चाको लागि नयाँ शब्दहरू सिक्ने, परिवारसँग सँगै गीतहरू गाउने र आफ्नो बारेमा राम्रो महसुस गर्ने रमाइलो तरिका हो। नाँच्ने, गाउँने, घुम्ने, उछाल्ने र क्यासनेट्स बजाउँने सबै रमाइलो गर्ने हिस्सा हो।

तपाईंको बच्चासँग संगीतको आनन्द लिनलाई यहाँ केही तरिकाहरु छन्:

  • आफ्नो मनपर्ने गीतमा नाच्नुहोस् र हल्लिनुहोस्
  • संख्या सिकाउनका लागि तालहरु गणना गर्नुहोस्
  • छोटो लयबद्ध गीतहरू अभ्यास गर्नुहोस्
  • शब्दहरूमा मात्राहरु गणना गर्न क्यास्टानेट्स प्रयोग गर्नुहोस्

किट गतिविधि केस

किट गतिविधि केस किताब र खेलौना बोक्ने एक केसमात्र होईन - यसलाई सिकाइ र विकासलाई टेवा दिन धेरै तरिकाबाट प्रयोग गर्न सकिन्छ । ह्वाइटबोर्डका सतहहरू चुम्बक खेल, प्लेडो र चित्र कोर्नका लागि उत्कृष्ट हुन्छन्। किटलाई चित्र कोर्ने फल्याकमा पट्याउनु होस्। किटलाई सम्म बाहिर फिंजाउनुहोस् ताकि हरियो सतहलाई कल्पनाशील खेलको लागि प्रयोग गर्न सकिन्छ। कुनै महासागरको वा शहरको सडकको दृश्य हुन सक्छ। तपाईं किन्डर जाँदा गर्ने यात्रा जस्तै पुन: सिर्जना गर्नुहोस्। यहाँ किट केस प्रयोग गर्ने केही अन्य तरिकाहरू छन्:

  • नयाँ संसारहरूको चित्र कोर्नुहोस्
  • प्लेडोप्लेम्याट
  • किताब वा खेलौनाका लागि केस बोक्नुहोस्
  • खेल सामग्रीको बहानाको रूपमा

किट गतिविधि केस वातावरणमैत्री उत्पादनका रुपमा तयार गरिएको छ। सम्भव भएसम्म यो पुनः नवीकरणीय सामग्रीबाट बनेको छ र तपाईंको बच्चाको किन्डरगार्टेनका सम्झनाहरू भण्डारण गर्नको लागि पुन: प्रयोग गर्न हुने बनाइएको छ।

समुदाय निर्माण

भिक्टोरिया धेरै संस्कृति र बोलिने विभिन्न भाषाहरूको घर भएको एक विविध समुदाय हो। विविधता हामीलाई हामी को हौँ भन्ने पहिचान दिने एक ठूलो भाग हो। किटमा भएका वस्तुहरूले विभिन्न समुदायबारेको कुराकानीलाई सहायता गर्दछ।

  • बच्चाहरूको लागि, खेल र सिकाइ सँगसँगै जान्छ। खेल्नु भनेको बच्चाहरूले आफ्नो बारेमा पत्ता लगाउने र सिक्ने तरिका हो।
  • तपाईंको वा अन्य संस्कृतिहरूको खाना बनाउने बहाना गर्न प्लेडोको प्रयोग गर्नुहोस्
  • तपाईंको वा अन्य संस्कृतिहरूको परम्परागत संगीत सुन्दा क्यास्टानेट्स बजाउनुहोस्
  • अन्य देश र तिनीहरूका मूल जनावरहरूको बारेमा आफ्नो बच्चासँग कुरा गर्नुहोस्

सांकेतिक भाषामा पुस्तकहरू

2023 Kinder Kit मा समावेश गरिएका सबै पुस्तकहरूको सांकेतिक भाषामा अनुवाद उपलब्ध छन्। भिडियोमा सांकेतिक भाषा र क्याप्सन पनि समावेश छन् ।

Auslan (असलान) भाषा अष्ट्रेलियाका बहुसंख्यक बहिरा समुदायले प्रयोग गर्ने सांकेतिक भाषा हो र यो भिक्टोरियाको प्रारम्भिक बाल्यकाल भाषा कार्यक्रमको अंश पनि हो जुन चार वर्ष उमेरको किन्डरगार्टनहरूमा उपलब्ध छ।

शिक्षा विशेषज्ञहरूले पत्ता लगाएका छन् कि बच्चाहरूलाई सानै उमेरमा अर्को भाषामा सिक्नाले निम्न लगायतका धेरै फाइदाहरू हुन्छन्:

  • पूर्व-पठन र पूर्व-लेखन कौशल बढ्ने
  • संज्ञानात्मक लचिलोपन
  • आत्म-सम्मान र आरोग्यता बढ्ने
  • सांस्कृतिक पहिचानलाई बलियो बनाउने।

पहिचानको सम्मान गर्ने

हाम्रो राष्ट्रका आदिबासी मानिसहरुको संस्कृति अष्ट्रेलियाको इतिहासको महत्त्वपूर्ण भाग हो। सबै बालबालिकालाई सबै संस्कृतिका बारेमा जान्न प्रोत्साहित गर्नाले समझ, स्वीकार गर्न र गर्वको विकास गर्छ। हामी हाम्रा राष्ट्रका आदिबासी लेखक र निर्माताहरूलाई किटहरूमा उल्लेख गर्न पाउँदा गर्व गर्छौं। उदाहरणका लागि, कथावस्तुहरूले आदिवासी कथावाचनको जीवन्त परम्परालाई चित्रण गर्दछ। यहाँ केही गतिविधिहरू छन् जसले तपाईंको बच्चालाई आदिबासी मानिसहरूका परम्परा र संस्कृतिबारे थप जान्न मद्दत गर्दछ:

  • जनावर वा वस्तुहरूका लागि आदिवासी प्रतीकहरू सिक्नुहोस्
  • आदिवासी अग्रज वा खेलकुद सम्राटहरूका बारेमा कुरा गर्नुहोस्
  • प्रथम राष्ट्रहरुका आदिबासी संस्कृति र जनताबारे थप जान्नुहोस्

आरोग्यता र अतिरिक्त सहयोग

सबै बालबालिका फरक तरिकाले र आफ्नै गतिमा सिक्छन्। किन्डर किटले तपाईंको बालबालिकालाई पुस्तक र खेलौनाहरू प्रदान गर्दछ जुन सबै क्षमताहरूलाई चुनौती दिन विभिन्न तरिकाहरूमा प्रयोग गर्न सकिन्छ। तर कहिलेकाहीँ तपाईंलाई आफ्नो बच्चाको सिकाइको लागि अतिरिक्त सहयोग चाहिन्छ। यदि तपाईंलाई लाग्छ कि तपाईं वा तपाईंको बच्चालाई केही अतिरिक्त सहयोग चाहिन्छ भने, तपाईंले त्यो गर्न सक्ने थुप्रै तरिकाहरू छन्:

  • भिक्टोरियाको किन्डरगार्टेनका शिक्षकहरूसँग मद्दत गर्नका लागि सीप र ज्ञान छ । आफ्ना प्रश्नहरूको बारेमा आफ्नो बच्चाको शिक्षकसँग कुरा गर्नुहोस्
  • तपाईंको प्रश्नहरू छलफल गर्नका लागि आफ्नो डाक्टर वा प्रसूती र शिशू स्वास्थ्य नर्सलाई भेट्न अपोइन्टमेन्ट लिनुहोस्
  • नि: शुल्क, गोप्य परामर्श र सहायताका लागि प्यारेन्टलाइन (Parentline)लाई 13 22 89 मा फोन गर्नुहोस्

Reviewed 21 February 2023

Was this page helpful?