भिक्टोरिया सरकारले सर्वव्यापी अनुदान सहयोग प्राप्त तीन-वर्षको-उमेरदेखि-किन्डरगार्टन कार्यक्रम शुरू गर्न एक दशक भित्र लगभग 5 अरब डलर लगानी गर्दैछ - र यो अब राज्यभर उपलब्ध छ।
यसको मतलब भिक्टोरियाका बालबालिकाहरूले थप एक वर्ष सिक्ने, बढ्ने, खेल्ने र साथीहरू बनाउने अवसर पाउँनेछन्।
तीन वर्षको उमेरदेखि गुणस्तरीय किन्डरगार्टन कार्यक्रममा भाग लिनाले बालबालिकाहरूको सिकाइ, विकास, स्वास्थ्य र भलाइसँग सम्बन्धित परिणामहरू हासिल गर्न बढावा दिन्छ।
साना बालबालिकाहरूले खेलको माध्यमबाट आफ्नो वरपरको संसारको बारेमा सिक्छन्
खेलमा आधारित सिकाइ नै कलिला बालबालिकाहरूले राम्रो सिक्ने तरिका हो। यसले बालबालिकाहरूलाई आफ्नो कल्पनाशक्ति प्रयोग गर्न, भाषाको सीप विकास गर्न र संख्या तथा ढाँचाका बारे सिक्न अवसर प्रदान गर्छ। उनीहरूले अरूसँग कसरी मिलेर बस्ने, साझेदारी गर्ने, अरूको कुरा सुन्ने र आफ्ना भावनाहरूलाई व्यवस्थापन गर्ने भन्नेबारे सिक्छन्।
भिक्टोरियामा सबै बालबालिकाहरूका लागि दुई वर्षे अनुदान प्राप्त किन्डरगार्टनको पहुँच हुन्छ
राज्यभरका बालबालिकाहरूले 2022 देखि कमसेकम हरेक हप्ता पाँच घण्टाको एक अनुदान सहयोग प्राप्त किन्डरगार्टन कार्यक्रममा सहभागी भएर लाभ उठाउनेछन्। 2029 सम्ममा यो अवधि बढेर हप्तामा 15 घण्टा हुनेछ।
तपाईंको बच्चा जुनसुकै किंडरगार्टनमा गए पनि कुनै फरक पर्दैन, शिक्षक र प्रशिक्षित शिक्षाकर्मीहरूले यस कार्यक्रमको नेतृत्व गर्नेछन्।
तपाईंको बालबालिकाहरूले कि त एक लङ्ग डे केयर – चाइल्डकेयर (long day care – childcare) मा वा एक छुटै किन्डरगार्टनमा यो किन्डरगार्टन कार्यक्रममा भाग लिन सक्छन्।
साना बालबालिकाहरूले संसारबारेमा खेलको माध्यमबाट सिक्छन्।
तिनीहरूले अरूसँग कसरी मिलेर बस्ने, साझेदारी गर्ने, अरूको कुरा सुन्ने र आफ्ना भावनाहरूलाई व्यवस्थापन गर्ने सिक्छन्।
किंडरगार्टन कार्यक्रममा बालबालिकाहरूले खेल मार्फत उनीहरूको भाषा सीप विकास गर्न र संख्या र आकृतिहरूका बारेमा सिक्छन्।
शिक्षक र शिक्षाकर्मीहरूले बालबालिकाहरूलाई सिकाइका बारेमा जिज्ञासु, रचनात्मक र आत्मविश्वस्त बन्न मद्दत गर्छन्।
-
- छुट्टै किन्डरगार्टन
- किन्डरगार्टन कार्यक्रम - बालबालिकाहरू तोकिएको दिन र घण्टाको लागि किन्डरगार्टन कार्यक्रममा भाग लिन्छन्
- लङ्ग डे केयर (Long Day Care) सेवाहरू
- किन्डरगार्टन कार्यक्रम - बालबालिकाहरूले लङ्ग डे केयरमा बिताउने समयको हिस्साको रूपमा एक किन्डरगार्टन कार्यक्रममा भाग लिन्छन्।
- शिक्षा र हेरचाह - लङ्ग डे केयर – चाइल्डकेयरले सेवाले 0 देखि 6 वर्षबीचका बालबालिकाहरूको लागि प्रारम्भिक बाल्यकालको शिक्षा र हेरचाह सेवा प्रदान गर्दछ।
सबै अनुदान सहयोग प्राप्त किन्डरगार्टन कार्यक्रमहरूले सरकारी सुरक्षा र गुणस्तर निर्देशनहरू पालना गर्नै पर्छ र यी कार्यक्रमहरू भिक्टोरियाको बाल्यकालिन प्रारम्भिक सिकाइ तथा विकास फ्रेमवर्क (Victorian Early Years Learning and Development Framework) को आधारमा विकसित गरिएको हुनुपर्दछ।
एक लङ्ग डे केयरले किन्डरगार्टन कार्यक्रमसहित पूरा दिन शिक्षा र हेरचाह सेवा प्रदान गर्न सक्छ। शिक्षकको नेतृत्वमा किन्डरगार्टन कार्यक्रम शिक्षा र हेरचाहको अतिरिक्त घण्टासहित एकीकृत हुन्छ। छुटै किंडरगार्टन सेवा केन्द्रमा किंडरगार्टन कार्यक्रम केवल केही दिनहरू र तोकिएको समयमा मात्र सञ्चालन हुन्छ। यी कार्यक्रमको दिन र समय किन्डरगार्टन सेवा केन्द्रले तय गर्छ।
तपाईंको बच्चा कहाँ पठाउने भन्ने निर्णय तपाईंको समुदायमा कुन सेवाहरू उपलब्ध छन् र तपाईंको परिवार र बच्चाको लागि कुन सेवा उचित हुन्छ भन्ने कुरामा निर्भर हुनसक्छ।
- छुट्टै किन्डरगार्टन
-
तपाईंको स्थानीय किन्डरगार्टन सेवासँग उनीहरूको भर्ना प्रक्रिया र समयसीमाका बारेमा कुरा गर्नुहोस् र उनीहरूको केन्द्र र कर्मचारीहरूलाई भेट्नुहोस्। तपाईंको स्थानीय किन्डरगार्टन पत्ता लगाउन र तपाईंको परिवारको लागि कसरी सही सेवा छनौट गर्ने भन्ने जानकारीको लागि How to choose a kindergarten हेर्नुहोस्:
गुणस्तरीय किन्डरगार्टन सेवाको छनौट गर्नाले बच्चाले किन्डरगार्टनबाट अधिक लाभ प्राप्त गर्दछ। तपाईंले सेवा गुणस्तरको मूल्यांकन (रेटिंग) मा हेर्न सक्नुहुन्छ।
-
धेरैजसो सेवा केन्द्रहरूको भर्ना प्रक्रिया हुन्छन् जुन बच्चाले किन्डरगार्टन कार्यक्रम शुरू गर्नुभन्दा एक वर्षपहिले खुल्छ। त्यसैले तपाईंको बच्चा दुई वर्ष पुगे पछि भर्ना गर्ने बारेमा सोच्नुपर्छ।
जनवरी र अप्रिलको बीच जन्मेका बालबालिकाहरूका अभिभावक र हेरचाहकर्ताहरूले आफ्नो बच्चालाई कुन वर्षमा सर्वव्यापी अनुदान सहयोग प्राप्त तीन-वर्षको-उमेरदेखि किन्डरगार्टन कार्यक्रम शुरू गर्ने भनेर छान्न सक्छन्। अभिभावकहरूले आफ्ना बालबालिकाहरूको स्कूल शुरू गर्ने उमेरसँग मिल्ने गरि अर्को वर्षमा किन्डरगार्टनमा पठाउन रोज्न सक्दछन्। यस बेला अन्य बालबालिकाहरूको शुरू गर्दाको उमेर दुई वर्षको हुन सक्छ।
1 जनवरी र 30 अप्रिलको बीचमा जन्मेका बालबालिकाहरूले उनीहरूको तीन-वर्षको-उमेरदेखि किन्डरगार्टनमा या त उनीहरू तीन वर्षको हुँदा वा उनीहरू चार वर्षको हुँदा शुरू गर्न सक्छन्।
दुई वर्षको उमेरका बालबालिकाहरूको लागि बालबालिकाहरूको संख्याको अनुपातअनुसार शिक्षक नभएको अवस्थामा बालबालिकाहरूले उनीहरू तीन वर्ष नपुगेसम्म कार्यक्रमहरूमा भाग लिन सक्नेछैनन्।
1 मे र 31 डिसेम्बरको बीच जन्मेका बालबालिकाहरू उनीहरू चार वर्ष पुगेको वर्ष मात्र तीन-वर्षको-उमेरदेखि किन्डरगार्टन कार्यक्रममा भाग लिनको लागि योग्य हुन्छन् र तिनीहरू पाँच वर्ष पुग्दा चार वर्षे किन्डरगार्टनमा जान सक्छन्।
-
बच्चा जन्मेको मिति प्रतिक्रियाहरू 2020 2021 2022 2023 2024 21 डिसेम्बर 2016 - 30 अप्रिल 2017
अभिभावकहरूसँग विद्यालय 2022 वा 2023 मा शुरू गर्ने विकल्प छन् 3- वर्षको-उमेरदेखि किन्डरगार्टन
4- वर्षको-उमेरदेखि किन्डरगार्टन
तयारीकक्षा (Prep) ग्रेड 1 ग्रेड 2 3- वर्षको-उमेरदेखि किन्डरगार्टन
4- वर्षको-उमेरदेखि किन्डरगार्टन
तयारीकक्षा (Prep) ग्रेड 1 1 मे- 20 डिसेम्बर 2017 * 3- वर्षको-उमेरदेखि किन्डरगार्टन
4- वर्षको-उमेरदेखि किन्डरगार्टन
तयारीकक्षा (Prep) ग्रेड 1 21 डिसेम्बर 2017 - 30 अप्रिल 2018 अभिभावकहरूसँग विद्यालय 2023 वा 2024 मा शुरू गर्ने विकल्प छन् 3- वर्षको-उमेरदेखि किन्डरगार्टन
4- वर्षको-उमेरदेखि किन्डरगार्टन
तयारीकक्षा (Prep) ग्रेड 1 3- वर्षको-उमेरदेखि किन्डरगार्टन
4- वर्षको-उमेरदेखि किन्डरगार्टन
तयारीकक्षा (Prep)
1 मे - 20 डिसेम्बर 2018* 3- वर्षको-उमेरदेखि किन्डरगार्टन
4- वर्षको-उमेरदेखि किन्डरगार्टन
तयारीकक्षा (Prep) * सरकारी विद्यालयमा डिसेम्बरको मिति अन्तिम सत्र 4 हो । अभिभावकको छनौटको विद्यालयको सत्र 4 को अन्तिम दिन अगाडि भएमा त्यो मितिलाई प्रयोग गरिनुपर्छ।
-
- तपाईंको लङ्ग डे केयर - चाइल्डकेयरलगायत स्थानीय किन्डरगार्टन सेवा वा प्रदायक
- तपाईंको स्थानीय काउन्सिल वा मातृ र बाल स्वास्थ्य नर्स
- स्वास्थ्य विभाग (Department of Health -DH) को प्यारेन्टलाइन (Parentline) माः 13 22 89 13 22 89 मा फोन गर्नुहोस्
- 3yo.kindergarten@education.vic.gov.au मा ईमेल पठाउनुहोस्
Three-Year-Old Kindergarten हेर्नुहोस्
Reviewed 07 February 2022