किन्डरमा कसरी र कहिले भर्ना गर्ने (How and when to enrol) - नेपाली (Nepali)

भर्ना प्रक्रियाको बारेमा आफ्नो स्थानीय काउन्सिल वा किन्डरगार्टेन सेवासँग कुरा गर्नुहोस्। तपाईंले तीन वर्षे किन्डरगार्टेन सोधपुछ लाइनलाई 1800 338 663 मा फोन गर्न सक्नुहुन्छ वा 3YO.kindergarten@education.vic.gov.au मा इमेल गर्न सक्नुहुन्छ। भाषाको सहयोगको लागि वा दोभाषेको लागि पहिले 131 450 मा फोन गर्नुहोस्।

प्रारम्भिक शुरुवाती किन्डरगार्टन (Early Start Kindergarten)

शरणार्थी वा शरण खोज्ने पृष्ठभूमिका बच्चाहरूले अतिरिक्त सहायताहरूमा पहुँच गर्न सक्छन् र प्रारम्भिक शुरुआती किन्डरगार्टेन (Early Start Kindergarten) मार्फत किन्डरगार्टनमा पहुँचको प्राथमिकता प्राप्त गर्न सक्छन्। तपाईंले आफ्नो बच्चा भर्ना गर्दा Early Start Kindergarten को बारेमा आफ्नो स्थानीय सेवालाई सोध्न सक्नुहुन्छ, वा थप जानकारीको लागि Early Start Kindergarten हेर्न सक्नुहुन्छ।

भर्ना कहिले गर्ने

भिक्टोरियामा तपाईंले बच्चाहरूलाई ३ वर्षको हुँदा किन्डर कार्यक्रम सुरु गर्न सक्नुहुन्छ। तिनीहरूले तीन- र चार-वर्षे किन्डर कुन वर्षमा सुरु गर्न सक्छन् भनेर पत्ता लगाउन तपाईंले सुरु गर्ने उमेरको क्याल्कुलेटर (Starting Age Calculator) मा आफ्नो बच्चाको जन्ममिति प्रविष्ट गर्न सक्नुहुन्छ।

यदि तपाईंको बच्चाको जन्मदिन 1 जनवरी र 30 अप्रिलको बीचमा पर्छ भने, तपाईंले उनीहरुले कुन वर्ष किन्डरमा पहुँच गर्दा कुन वर्ष विद्यालय शुरु गर्नेछन् भनेर गृहकार्य गर्न आवश्यक छ। तपाईं आफ्नो बच्चा पाँच वा छ वर्षको उमेरमा स्कूल जाने वा नजाने भनेर छनौट गर्न सक्नुहुन्छ।

किन्डर कार्यक्रम खोज्नुहोस्

अनुमोदित किन्डर कार्यक्रमहरू उपलब्ध गर्ने सेवा केन्द्रहरू फेला पार्न, किन्डर प्रोग्राम खोज्ने Find A Kinder Program – Department of Education and Training, Victoria (educationapps.vic.gov.au) वेबसाइटमा जानुहोस्। तपाईंको स्थानीय काउन्सिल र किन्डरगार्टेन सेवाहरूले तपाईंलाई किन्डरगार्टेनमा ठाउँ खोज्न पनि मद्दत गर्न सक्छ।

किन्डर टिक (Kinder Tick) खोज्नुहोस्:

किन्डर टिक (Kinder Tick) ले भिक्टोरियाका परिवारहरूलाई आफ्ना बच्चाहरूको लागि स्वीकृत किन्डर कार्यक्रम फेला पार्न मद्दत गर्दछ।

तपाईंको स्थानीय किन्डरगार्टन सेवामा, सेवा वा केन्द्रको भवन वा मैदानमा, तिनीहरूको वेबसाइटमा वा तिनीहरूको जानकारी सामग्रीहरूमा किन्डर टिक (Kinder Tick) लोगो खोज्नुहोस्।

Updated