बाढी पुनरुत्थान हटलाइन (Flood Recovery Hotline)
तपाईंले बाढी पुनरुत्थान हटलाइन (फ्लड रिकभरी हटलाइन) मा निम्न सहयोगका लागि 1800 560 760 मा फोन गर्न सक्नुहुन्छ:
- उपलब्ध सफाई सेवाहरू
- बस्ने ठाउँ खोज्न
- आर्थिक, मानसिक स्वास्थ्य र अन्य सहयोग खोज्न
रिकभरी हटलाइन हरेक दिन बिहान 7.30 बजे देखि बेलुका 7.30 बजे सम्म खुला रहन्छ। दोभाषेको लागि 9 थिच्नुहोस्।
अस्थायी आवास
बाढीका कारण आफ्नो घरमा बस्न नसकेका मानिसहरूका लागि अस्थायी आवास उपलब्ध छ।
तपाईंको आवश्यकता अनुसार मेल खाने सबैभन्दा उपयुक्त अस्थायी आवासको ब्यवस्था गर्न फ्लड रिकभरी हटलाइन (Flood Recovery Hotline) लाई1800 560 760 मा फोन गर्नुहोस्।
सहयोग प्राप्त गर्नुहोस्
वित्तीय सहायता
2022 को भिक्टोरियाको बाढीबाट प्रभावित मानिसहरू र व्यवसायहरूको लागि भुक्तानी, अनुदान र आर्थिक सहायता।
जनसमुदायको लागि
अष्ट्रेलिया सरकारको विपत्ति पुनरुत्थान भत्ता (Australian Government Disaster Recovery Allowance)
यदि तपाईंले प्रत्यक्ष बाढीको कारण आम्दानी गुमाउनुभएको छ भने निरन्तर भुक्तानी उपलब्ध छ।
यहाँ आवेदन दिनुहोस्: Victorian Floods, October 2022 – Disaster Recovery
अष्ट्रेलिया सरकारको विपत्ति पुनरुत्थान भुक्तानी (Australian Government Disaster Recovery Payment)
भिक्टोरियाको बाढीबाट गम्भीर रूपमा प्रभावित मानिसहरूलाई सहयोग गर्न भुक्तानी उपलब्ध छ।
यहाँ आवेदन दिनुहोस्: Victorian Floods, October 2022 – Australian Government Disaster Recovery वा 1800 560 760 मा फोन गर्नुहोस् र दोभाषेको लागि 9 थिच्नुहोस्।
विद्यार्थीहरूको लागि
भिक्टोरियाका स्कूलका विद्यार्थीहरूका परिवारहरू वा भिक्टोरियाको बाढीबाट प्रभावित आफ्ना परिवारहरूबाट टाढा बसिरहेका स्कूलका विद्यार्थीहरूले सहयोगको लागि अनुरोध दर्ता गर्न सक्छन्। सहयोगमा विद्यालयसँग सम्बन्धित आवश्यक सामाग्रीहरू (जस्तै पोशाक, ल्यापटप, इन्टरनेट डङ्गल र स्टेशनरी) प्रतिस्थापन समावेश हुनेछन् जुन बाढीमा हराएको वा क्षतिग्रस्त भएको थियो।
दर्ता गर्न, भिक्टोरियाका स्कूलका विद्यार्थीहरूको लागि बाढी सहायता आवेदन मा जानुहोस् वा 1800 560 760 मा फोन गर्नुहोस् र दोभाषेको लागि 9 थिच्नुहोस्।
किसान तथा कृषि उत्पादकहरूको लागि
कृषि उत्पादक बाढी पुनरुत्थानले बाढीको प्रत्यक्ष कारण प्रत्यक्ष नोक्सान वा क्षति बेहोरेका कृषि उत्पादकहरूको लागि सफाई र रिकभरी लागतहरूको लागि सहयोग गर्दछ।
थप जानकारीको लागि भिक्टोरियन प्राइमरी प्रोड्युसर फ्लड रिकभरी हेर्नुहोस् वा 1800 560 760 मा फोन गर्नुहोस् र दोभाषेको लागि 9 थिच्नुहोस्।
व्यवसाय र सामुदायिक खेलकुदको लागि
साना व्यवसाय अनुदान
व्यवसाय र सामुदायिक खेलकूद बाढी पुनरुत्थान अनुदानले योग्य संस्थाहरूलाई घरसम्पत्ति, सम्पत्ति वा उपकरणमा भएको क्षतिबाट उत्पन्न हुने खर्चहरू व्यहोर्न मद्दत गर्दछ। थप जानकारीको लागि व्यवसाय र सामुदायिक खेलकुद बाढी पुनरुत्थान हेर्नुहोस्।
थप जानकारीको लागि हाम्रो आर्थिक सहयोग ्ठ हेर्नुहोस्।
कल्याण सहयोग
आपतकालिन घटना पछि नकारात्मक प्रतिक्रिया भोग्नु सामान्य हो। तपाईं र तपाईंको परिवारको लागि मद्दत उपलब्ध छ।
यहाँ केहि कल्याण सहयोगी सेवाहरू उपलब्ध छन् जुन तपाईंले पहुँच गर्न सक्नुहुन्छ:
- संकट सहयोगको लागि लाइफलाइन हेर्नुहोस् - वा 13 11 14 मा फोन गर्नुहोस्- फोन, सन्देश वा अनलाइन च्याट मार्फत 24/7 उपलब्ध छ
- पारेन्ट लाइन हेर्नुहोस् वा 13 22 89 मा फोन गर्नुहोस्- आमाबाबु र हेरचाहकर्ताहरूको लागि सहयोग
- किड्स हेल्पलाइन (Kids हेर्नुहोस् वा 1800 55 1800 मा मा फोन गर्नुहोस्- बालबालिका, किशोर र युवा वयस्कहरूको लागि सहयोग
- नर्स-अन-कल (NURSE-ON-CALL) लाई 1300 60 60 24 मा पहुँच गर्नुहोस् - विशेषज्ञ स्वास्थ्य जानकारी र सल्लाहको लागि
- अष्ट्रेलियन साइकोलोजिकल सोसाइटी रेफरल सर्भिसेज (Australian Psychological Society Referral Service) लाई 1800 333 497 मा फोन गर्नुहोस्
- सेफ स्टेपस् (Safe हेर्नुहोस् वा 1800 015 188 मा फोन गर्नुहोस्- पारिवारिक हिंसा विशेषज्ञहरूबाट 24/7 मद्दत प्राप्त गर्न
- अरेन्ज डोर (Orange हेर्नुहोस्- पारिवारिक हिंसाको अनुभव गरिरहेका वयस्कहरू, बालबालिका र युवाहरूका लागि सहयोग सेवाहरू
- मानसिक स्वास्थ्य र कल्याण केन्द्र (Mental Health & Wellbeing मा जानुहोस् - वा 1300 375 330 मा फोन गर्नुहोस् - मानसिक स्वास्थ्यको चिन्ता महसुस गर्ने वा सहयोग चाहिने जो कोहीको लागि व्यक्तिगत वा टेलिहेल्थ अपोइन्टमेन्ट बुक गर्नुहोस्।
थप सहयोगको लागि मानसिक स्वास्थ्य र कल्याण समर्थन (Mental health and wellbeing हेर्नुहोस्।
यदि तपाईंलाई दोभाषे चाहिन्छ भने TIS National (अनुवाद र दोभाषे सेवा) लाई 131 450 मा फोन गर्नुहोस्।
अन्य सहयोगहरू
तपाईंले देहाएका लिङ्कहरू मार्फत अंग्रेजीमा थप सहयोग स्रोतहरू पहुँच गर्न सक्नुहुन्छ:
- बाढी पछि सुरक्षित रूपमा एस्बेस्टोस फोहोर – यदि तपाईं बाढी पछि आफ्नो घर सफा गर्दै हुनुहुन्छ भने एस्बेस्टोसबाट सावधान रहनुहोस्। एस्बेस्टोस हुन सक्ने कुनै पनि सामग्री चलाउने प्रयास नगर्नुहोस्।
- एस्बेस्टोस युक्त सामग्रीको
- बाढी पसेपछि सकुशल घर
- पशु र कीटणु सम्बन्धित
- मोल्ड (कालो ढुसी) र तपाईंको स्वास्थ्य बारे
- अनुदान, सल्लाह र व्यवसायहरूको लागि उपलब्ध
- कृषि व्यवसायहरूको लागि सहयोग
- बाढी सम्बन्धी मुद्दाहरूको लागि वकिल खोज्न
स्वयंसेवक बन्नुहोस् र दान दिनुहोस्
यदि तपाईं बाढी प्रभावितहरूलाई सहयोग गर्न चाहनुहुन्छ भने तपाईंले गैर-नाफा दान सेवा मार्फत दान गर्न सक्नुहुन्छ।
Reviewed 25 May 2023