JavaScript is required

भिक्टोरियाको बिरामी भत्ता ग्यारेन्टी - नेपाली (Victorian Sick Pay Guarantee - Nepalese)

अस्थायी र स्वरोजगार कामदारहरूको लागि बिरामी तथा हेरचाहकर्ता भत्ता (Victorian Sick Pay Guarantee)

भिक्टोरियाको बिरामी भत्ता ग्यारेन्टी (Sick Pay Guarantee) ले अस्थायी (क्याजुअल) र स्वरोजगारी कामदारहरूलाई उनीहरू बिरामी हुँदा वा उनीहरूका प्रियजनहरूको हेरचाह गर्नको लागि वर्षमा ३८ घण्टा बिरामी तथा हेरचाहकर्ता भत्ता दिन्छ। कुनै पनि कामदारले एक दिनको तलब कमाउन जाने कि आफ्नो स्वास्थ्य हेर्ने भनेर रोज्नु पर्ने अवस्था नआओस् भन्नका लागि यस्तो नियम लागु गरिएको हो। 

यो परीक्षण कार्यक्रम भिक्टोरिया सरकारद्वारा पूर्णरूपमा अनुदानित छ। 

बिरामी भत्ता ग्यारेन्टी परिक्षण कार्यक्रम 30 जुन 2024 मा समाप्त हुन्छ

दर्ता बन्द भएको छ । तपाईंले यस उप्रान्त बिरामी भत्ता ग्यारेन्टीका लागि दर्ता गर्न सक्नुहुन्न।

बिरामी र हेरचाहकर्ताका तलबका लागि दाबी

तपाईंले मंगलबार मे 2024 दिउँसो 2:00 बजे सम्म बिरामी भत्ता ग्यारेन्टीको लागि दर्ता गर्नुभयो भनेतपाईं शुक्रबार 31 मे 2024 सम्म बिरामी र हेरचाहकर्ताको तलबका लागि योग्य हुनुहुन्छ।

यसको मतलब तपाईंले काम छुटाउन र बिरामी भत्ता ग्यारेन्टीको लागि योग्य हुन सक्ने अन्तिम मिति शुक्रबार 31 मे 2024 हो।

तपाईंले दाबी पेश गर्न सक्ने अन्तिम मिति आइतबार 30 जुन 2024 हो।

तपाईंले काम छुटेको 60 दिन भित्र र आइतवार 30 जुन 2024 को राति 11:59 भन्दा अघि सबै दाबीहरू पेश गर्नुपर्छ।

हामीलाई सम्पर्क गर्नुहोस्

भिक्टोरियाको बिरामी भत्ता ग्यारेन्टी (Victorian Sick Pay Guarantee)

इमेल: sickpayguarantee@ecodev.vic.gov.au

Updated