सँगै मिलेर, हामीले विद्यालयहरूलाई सुरक्षित स्थानको रुपमा विकास गर्न सक्छौँ जहाँ सबैजना आफ्नो महसुस गर्छन्, सिक्छन् र फस्टाउँछन्।
जब विद्यालय, परिवार र विद्यार्थीहरू सँगै मिलेर काम गर्छन्, तब हामीले उत्कृष्ट नतिजा निकाल्न सक्छौँ। सबै विद्यार्थीहरूलाई आफ्नो महसुस गराउन, सिक्न र फस्टाउन सहयोग गर्ने विद्यालयको वातावरण सिर्जना गर्न यी साझेदारीहरू आवश्यक छन्। तपाईंले आफ्नो बच्चालाई एक अभिभावक र हेरचाहकर्ताको रूपमा साझा व्यवहारका अपेक्षाहरू बारे बुझ्न र यो पूरा गर्न मद्दत गर्ने महत्त्वपूर्ण भूमिका खेल्नुहुनेछ।
विद्यार्थीहरूले अपेक्षित व्यवहार कसरी प्रदर्शन गर्छन्
विद्यालयमा, सबै विद्यार्थीहरूले आदर गर्ने, सुरक्षित रहेने र संलग्न हुने अपेक्षा गरिन्छ। यी व्यवहारहरूले विद्यालयहरूलाई सबैजना सफल हुन सक्ने ठाउँ बनाउन मद्दत गर्छ।
विद्यार्थीहरूले आदर देखाएर, सुरक्षित रहेर र संलग्न भएर यी व्यवहारका अपेक्षाहरू पूरा गर्छन्।
सम्मान
- कर्मचारीका निर्देशन र विद्यालयका नियमहरू पालना गर्ने।
- विद्यालयको सम्पत्ति र अरूको सामानको ख्याल गर्ने।
- सम्मानजनक भाषा प्रयोग गर्ने।
सुरक्षा
- आफू र अरूलाई हानि हुनबाट जोगाउने।
- यदि आफू वा अरू कसैलाई अन्यायपूर्ण व्यवहार गरिएको छ भने बोल्ने वा कुनै वयस्कसँग सहयोग माग्ने।
- विद्यालयमा सुरक्षित र आवश्यक सामानहरू मात्र ल्याउने।
संलग्नता
- हरेक दिन विद्यालय जाने, समयमै पुग्ने, र सिक्न तयार हुने।
- सहभागी हुने, सक्दो प्रयास गर्ने, र आवश्यक पर्दा मद्दत माग्ने।
- विद्यालयका नीतिहरू मोबाइल फोन नीति सहित बुझ्ने र पालना गर्ने।
अभिभावक र हेरचाहकर्ताहरूले कसरी मद्दत गर्न सक्छन्
सकारात्मक व्यवहारको नमुना प्रस्तुत गरेर र प्रोत्साहन दिएर, तपाईंले आफ्नो बच्चालाई विद्यालयमा सफल हुन आवश्यक पर्ने सीप र बानीहरूको विकास गर्न मद्दत गर्नुहुनेछ। परिवार र विद्यालयहरूले मिलेर काम गर्दा, विद्यार्थीहरूले आफ्नो उत्कृष्ट उपलब्धि हासिल गर्न सक्छन्।
अभिभावक र हेरचाहकर्ताहरूले आफ्नो बच्चाको व्यवहारलाई निम्न रूपमा सहयोग र समर्थन गर्न सक्नेछन्:
सम्मान
- विद्यालयको नियमहरू बुझ्ने र घरमा यसको पालना गर्ने।
- विद्यालयका कर्मचारीहरू, परिवारहरू, र अरूसँग व्यक्तिगत रूपमा र अनलाइनमा कसरी कुरा गर्ने र उनीहरूको बारेमा कसरी बोल्ने भन्ने कुरामा सम्मानजनक व्यवहारको नमुना प्रस्तुत गर्ने।
- कुनै चिन्ता र चासोहरू चाँडै समाधान गर्न विद्यालयको प्रक्रियाहरूको प्रयोग गर्ने।
सुरक्षा
- यदि तपाईंको बच्चालाई विद्यालयमा समस्या भइरहेको छ भने समस्या बारे बुझ्न र त्यसको समाधान खोज्न कर्मचारीहरूसँग मिलेर काम गर्ने।
- तपाईंको बच्चालाई विद्यालयमा कुनै विश्वसनीय वयस्कबाट मद्दत माग्नु ठीक हो भन्ने कुरा थाहा भएको सुनिश्चित गर्ने।
- तपाईंको बच्चासँग कुरा गरेर र उनीहरुको चासोहरूलाई चाँडै सम्बोधन गरेर अनलाइन हुँदा सुरक्षित रहने कुराको सुनिश्चित गर्ने।
संलग्नता
- तपाईंको बच्चालाई हरेक दिन विद्यालय जान मद्दत गर्ने - हरेक दिन महत्त्वपूर्ण हुन्छन्।
- तपाईंको बच्चाको सिकाइ र कल्याणलाई सहयोग पुर्याउन विद्यालयका कर्मचारीहरूसँग कुराकानी गर्ने र सँगै काम गर्ने।
- आफ्नो बच्चासँग उनीहरूको दैनिक दिनचर्या र उनीहरूले कस्तो महसुस गरिरहेका छन् भन्ने बारेमा कुरा गर्ने, र उनीहरूको प्रयास र प्रगतिलाई ध्यानमा राखेर उनीहरूको सिकाइलाई प्रोत्साहित गर्ने।
हामीलाई थाहा छ कि केही विद्यार्थीहरू र उनीहरूका परिवारहरू विद्यालयमा उपस्थिति वा विद्यालयमा अस्वीकारोक्तिको समस्यासँग जुध्दै छन्। यहाँ केही संसाधनहरू छन् जसले मद्दत गर्न सक्छ:
विद्यार्थीहरूका व्यवहारिक अपेक्षाहरू पूरा गर्न विद्यालयहरूले कसरी सहयोग गर्छन्
सकारात्मक व्यवहार सिकाएर र सुदृढीकरण गर्दै, विद्यालयहरूले सिकाइ र कल्याणमा केन्द्रित हुँदै सकारात्मक, सुरक्षित र निष्पक्ष सिकाइका वातावरण सुनिश्चित गर्छन्।
विद्यालयहरूले परिवार र विद्यार्थीहरूलाई आदर गरेर, सुरक्षित राखेर र संलग्न गराएर सहयोग गर्छन्।
सम्मान
- विद्यार्थीहरूलाई विद्यालयका नियमहरू र सकारात्मक व्यवहारका अपेक्षाहरू सिकाएर र प्रदर्शन गरेर।
- स्पष्ट रूपमा सिकाएर, नमुना प्रस्तुत गरेर र अपेक्षित सम्मानजनक व्यवहारलाई स्वीकार गरेर।
- सबै विद्यार्थी, अभिभावक र हेरचाहकर्ताहरूसँग सहकार्य गरेर र सकारात्मक रूपमा संलग्न गराएर।
सुरक्षा
- बुलिङ (धम्क्याउने व्यवहार) रोक्न र प्रतिक्रिया जनाउन र यसबाट विद्यार्थीहरूलाई सुरक्षित राख्न स्पष्ट नीति र प्रक्रियाहरू अपनाएर।
- विद्यार्थीहरूलाई सक्रिय रूपमा थप सहयोग प्रदान गरेर, र विद्यार्थीहरूलाई यसबारे बोल्न र मद्दत खोज्न सहयोग गरेर।
- विद्यालयको वातावरण शारीरिक, सामाजिक र सांस्कृतिक रूपमा सुरक्षित कायम राख्दै समस्याहरूको सक्रिय रूपमा पहिचान र सम्बोधन गरेर।
संलग्नता
- सबै विद्यार्थीहरूको आवश्यकता पूरा गर्न प्रमाणमा आधारित, समावेशी शिक्षा प्रदान गरेर।
- विद्यार्थीहरूलाई उनीहरूको सिकाइ र विद्यालय जीवनलाई प्रभाव पार्ने निर्णयहरूमा आफ्नो भनाइ राख्न प्रोत्साहित गरेर।
- सबै विद्यार्थीहरूलाई बुझिएको, कुरा सुनिएको र मूल्यवान महसुस गराइएको सुनिश्चित गर्न बलियो, विश्वासिलो सम्बन्ध निर्माण गरेर।
शिक्षा विभागले विद्यार्थीको सकारात्मक व्यवहार निर्माण गर्न र विद्यालय, विद्यार्थी र परिवारहरू बीच सकारात्मक सम्बन्ध प्रवर्द्धन गर्न विद्यालयहरूलाई स्रोतसाधन र सहायता प्रदान गर्दछ।
अभिभावक र हेरचाहकर्ताहरू मद्दत माग्नको लागि कहाँ जान सक्छन्
यदि तपाईं आफ्नो बच्चाको भलाइ, व्यवहार वा सुरक्षाको बारेमा चिन्तित हुनुहुन्छ भने तपाईंले निम्न कार्य गर्न सक्नुहुन्छ:
- पहिलो चरणको रूपमा आफ्नो बच्चाको शिक्षक वा पहिचान गरिएको सम्पर्क व्यक्तिसँग कुरा गर्नुहोस् र सरोकारहरू सम्प्रेषण गर्न विद्यालयको प्रक्रिया पालना गर्नुहोस्।
- विद्यालयलाई सहायता वा सिफारिस बारे सोध्नुहोस् - उनीहरूले तपाईंलाई वेलबिङ्ग कर्मचारी वा विशेषज्ञ सेवाहरूसँग सम्पर्क गराईदिन सक्छन्।
- यदि तपाईंलाई थप सहायता चाहिन्छ भने शिक्षा विभागको क्षेत्रीय कार्यालय मा सम्पर्क गर्नुहोस्।
निम्न स्रोतसाधनहरू पनि उपलब्ध छन्:
- रेइजिङ चिल्ड्रेन नेटवर्क (Raising Children Network) - विद्यालय जाने उमेर, पूर्व-किशोरावस्था बालबालिका र किशोरकिशोरीहरू का अभिभावकहरूलाई सल्लाह प्रदान गर्दछ।
- ई-सेफ्टी कमिसनर (eSafety Commissioner) - बालबालिकालाई अनलाइन हुँदा सुरक्षित राख्न अभिभावक र हेरचाहकर्ताहरूका लागि सल्लाह।
- जातीय भेदभाव उजुरी गर्ने हटलाइन (Report Racism hotline) - विद्यालयहरूमा जातीय वा धार्मिक भेदभाव बारे कसरी उजुरी गर्ने भनेर जान्नुहोस्।
- बुली स्टपर्स (Bully Stoppers) - बुलिङ (धम्क्याउने व्यवहार) को बारेमा अभिभावक र हेरचाहकर्ताहरूका लागि सल्लाह।
Updated